चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन बीच आज उज्बेकिस्तानमा भेटवार्ता हुँदै

अन्तरास्ट्रिय खबर । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै छ ।
राष्ट्रपति सी र पुटिन बीच आज हुने भेट युक्रेनमा जारी युद्ध लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा  केन्द्रित हुने रुसी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

दुई राष्ट्रपति बीच उज्बेकिस्तानमा जारी एक शिखर सम्मेलनको क्रममा भेट हुन लागेको हो ।

शिखर सम्मेलनमा उज्बेकिस्तान आउनु अघि सीले काजकिस्तानको छोटो भ्रमण गर्नु भएको थियो ।
चिनियाँ राष्ट्रपति सीको कोरोना महामारी सुरु भए यताको यो पहिलो विदेश भ्रमण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here