सुनको मूल्यमा आज पनि गिरावट

काठमाडौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको जनाएको छ ।
सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै तेजाबी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here