बागमती प्रदेश द्वारा सरकारी कामकाजको लागि नेपाली र तामाङ भाषालाई मान्यता प्रदान

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश भित्र सरकारी कामकाजको भाषा नेपाली र तामाङ बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको र कार्यान्वयन प्रकृया अगाडि बढाउने आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
बागमती प्रदेशभित्र विशेष गरी, नेपालीका अलाबा तामाङ, नेवारी, चेपाङ, मगर, गुरुङ भाषीहरुको उल्लेख्य वसोबास रहेको छ । मुख्यगरी प्रदेशको रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तामाङ समुदायको बाहुल्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here