असोज ७ गते देखि ‘प्रेमगीत ३’को हिन्दी भर्सन समेत नेपालमा रिलिज हुने

काठमाडौ । फिल्म ‘प्रेमगीत ३’को हिन्दी भर्सन नेपालमा समेत रिलिज हुने भएको छ । हिन्दी भर्सन नेपाली भर्सन रिलिज हुने दिन अर्थात असोज ७ गते नै नेपालमा रिलिज हुन लागेको हो ।
फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने जानकारी दिएका छन् । ‘‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here