इन्स्टाग्रामले हटायो पोर्नहबको अकाउन्ट

काठमाडौं । अभियानकर्ताहरूको दबाबका कारण इन्स्टाग्रामले पोर्नहबको आधिकारिक अकाउन्ट हटाएको छ । भेराइटीमा प्रकाशित समाचार अनुसार हटाउनु अघि पोर्नहबको इन्स्टाग्राम अकाउन्टमा एक करोड ३१ लाख फलोअर र ६२०० पोस्ट रहेका थिए ।

‘सेफ-फर-वर्क’ सामग्रीमार्फत उक्त अकाउन्टबाट विभिन्न भिडिओ र प्रस्तुतकर्ताको प्रवर्द्धन हुने गरेको थियो । ट्वीटरले ट्वीटर लगायतका अन्य लोकप्रिय सामाजिक सञ्जालमा भने अझै पोर्नहबका अकाउन्ट सञ्चालनमा छन् ।

त्यसो त इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले अकाउन्ट हटाएको विषयमा स्पष्ट कारण खुलाएको छैन । यद्यपि पोर्नहबको विरुद्ध सक्रिय अभियन्ता लैला म्याकेलवेटले शेयर गरेको स्क्रिनशटमा इन्स्टाग्रामको कम्युनिटी गाडइलाइन तोडेका कारण अकाउन्ट बन्द गरिएको उल्लेख देखिन्छ ।

Instagram: “We removed Pornhub’s account…”

म्याकेलवेट ट्राफिकिङहबकी संस्थापक हुन्, जुन पोर्न हब बन्द गराउन, बलात्कार, बाल यौन दुर्व्यवहार, सेक्स ट्राफिकिङ र यौन हिंसामा आधारित तस्वीर र भिडिओमार्फत नाफा आर्जन गर्ने कार्य विरुद्ध कम्पनीका कार्यकारीहरूलाई जिम्मेवार र जवाफदेही बनाउन लागिपरेको पैरवी अभियान हो ।

यद्यपि म्याकेलवेट लगायतको समूह यौन व्यवसाय नै अन्त्य गर्न लागिरहेको बताइन्छ । बढ्दो आलोचनालाई मध्यनजर गर्दै पोर्नहबले अनभेरिफाइड तथा अनधिकृत प्रयोगकर्ताले राखेका सामग्रीहरू हटाउन थालेको छ र कुनै पनि भिडिओ डाउनलोड गर्न सकिने सुविधा समेत हटाइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here