सुनको मूल्यमा वृद्धि: यस्तो छ आजको सुनचाँदीको बजार भाउ

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ तोकिएको छ।
सोमबार प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here