धादिङ । ज्वालामुखी गाउँपालिका वडा न. ३ र ४ को गरि जम्मा नौ जना लाई नेपाली काङ्ग्रेसका युवा नेता एवम समाज सेवि जगन भट्टा ले रु पचास हजार पैसा भारत पठाइ उद्दार गरि आज नेपाल फर्किदै छ । भारतको उत्तर प्रदेश हिमाञ्चलमा जाडिबुढी टिप्न जाने भनेर गएका ती ब्यक्तिहरुको नेपाल बाट लाने दलालले बाटो मै बिचल्ली पारेर छोडे पछि एक हप्तादेखी पानीको भरमा बाचेर नेपाल फर्किदै गरेकोमा उद्दार गरिएको सन्दीप तामाङले जानकारी दिनु भयो । साथै उनीहरुलाई उक्त स्थानमा लैजाने पेम्बा तामाङ भने फरार रहेका छन ।
त्यसै गरि समाज सेवी भट्टले बिगतमा पनि भुकम्प पीडितहरु र कोरोनाको समयमा राहत समाम्रीहरु समेत बितरण गर्नु भएको थियो । साथै सदरमुकाम धादिङ बेसि देखि ज्वालामुखी गाउँपालिका भित्र बाह्रै महिना गाडी संचालनमा ल्याउनमा बर्षातको समयमा बाढी पहिरोले बाटो अबरुद्ध हुदा आफ्नै लगानीमा सडक मर्मत गरि अप्ठ्यारोमा परेका बिरामी हरुलाई मध्यानजर गरि एम्बुलेन्स लगायत माल समान ओसारपसार गर्ने ढुवानी सेवाको गाडीहरु संचालन गर्न एबं ज्वालामुखी भरिका जनताहरुलाई अस्पताल सम्म पुराउने उपचार खर्चमा समेत उहाँले सक्दो सहयोग गर्दै आइरहनु भएको छ ।






