अखिल क्रान्तिकारी पुर्ब जिल्ला इन्चार्ज बिमल तामाङ प्रदेश उम्मेदवारमा सिफारिस

धादिङ । नेकपा ( माओवादी केन्द्र) धादिङ बाट संघीय निर्वाचन क्षेत्र न. २ को प्रदेश (ख) को समानुपातिकमा युवा नेता अखिल क्रान्तिकारी बागमती प्रदेश उपाध्यक्ष एब पुर्ब जिल्ला इन्चार्ज बिमल तामाङ सिफारिस हुनु भएको छ ।

लामो समय देखि विद्यार्थी राजनीतिमा क्रियाशिल रहेका तामाङ उत्तरी धादिङ एबं संघीय निर्वाचन क्षेत्र न. २ को प्रदेश (ख) मा समेत राजनैतिक तथा सामाजिक कार्यका साथ चिरपरिचित हुनुहुन्छ ।

त्यस्तै माओवादी केन्द्र बाट क्षेत्र न. २ को प्रदेश ख मा सिफारिस हुनेमा प्रत्यक्ष तर्फ जगत सिंखडा, दल बहादुर बुर्लाकोटी, पुस्प बिक्रम मल्ल र राम बहादुर भण्डारी रहेका छन भने समानुपातिक तर्फ अप्सरा सिंखडा, बिमल तामाङ, मिम्बा तामाङ, सरला धमला र शुशिला थापा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here