एकीकृत समाजबादी धादिङको प्रतिनिधि र प्रदेश उम्मेदवारहरुको नाम सिफारिस

धादिङ । नेकपा एकिकृत समाजवादी धादिङले आइतबार धादिङ बेसिमा प्रतिनिधी र प्रदेश क्षेत्रबाट आकांक्षीहरुको नाम सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ राजेन्द्र प्रसाद पाण्डे, गँगालाल तुलाधर, सुवास खतिवडा र कुमार पाण्डेको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शिवराज कँडेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क) बाट प्रत्यक्ष तर्फ रामचन्द्र आचार्य र विनोद पाण्डेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने शँकर तामाङ, निरु खरेल रामकुमार गिरि, र चन्द्रबहादुर तामाङको नाम सिफारिस गरिएको छ ।
त्यसै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष तर्फ सुरेश मल्ल र कृष्ण अर्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ मायादेवी शर्मा, सिता ढुँगाना र खुनराज थापाको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ गुरु प्रसाद बुर्लाकोटीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ जिवन तामाङ र पार्वती चाम्लिङ राईको नाम सिफारिस गरिएको छ ।
भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (क) बाट शिवराज सापकोटा, शान्तविक्रम बाँनिया र अज्जनाथ सापकोटा सिफारिस भएका छन् । समानुपातिक तर्फ भने हरि प्रसाद शर्मा, हेमराज छत्कुली, नवराज छत्कुली र राम नेपालीको नाम सिफारिस भएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष तर्फ अन्जन थापा (कुमार) प्रदिप फ्युवा र समानुपातिक तर्फ ईन्दिरा ढुँगाना र एलिज तामाङको नाम सिफारिस गरिएको छ ।
Source:Nagarikpati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here