रि गाउँका महिलाहरु डोको उद्योग बाटै लाखौंको आम्दानी गर्दै

प्रदीप तामाङ, धादिङ । विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ। यँहाको सामाजिक,आर्थिक,शैक्षिक,राजनितिक, प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१.५०%)हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन्। परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह, छोराको महत्त्व जस्ता मान्यताका कारणले महिलाहरुको स्थर विकास हुन सकेको छैन । लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसर आदिको कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ।

यद्यपि हिजोआज धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा न. २ का तावल ढुसेनी र लडाब गाउँका महिलाहरु आफ्नै घर गाउँमा, परिवार संगै बसेर डोको बुनेर लाखौ आम्दानी गरि रहेका छन । स्थानीय स्तरमा नै उपलब्ध हुने नियालोलाई सदुपयोग गर्दै महिलाहरु उद्यमि बन्दै गएका छन । (तस्बिर: रोसन फ्युबा तामाङ)

पछिल्लो समय महिला तथा पुरुषहरु बेरोजगार भै वैदेशिक रोजगारमा गइरहेका छन । घरायसी कामकाज मै आफ्ना समयहरु बिताइरहेका छन त कतिपय कुलतमा फसेका छन भने रि का महिला दिदिबहिनीहरु भने आफ्नै स्थानीय स्तरमा खेर गइरहेको नियालोको सदुपयोग गर्दै मनग्ये आम्दानी गरिरहेका छन ।

तावल गाउँको तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here