कक्षा १२ को नजिता सार्वजनिक: नतिजा यसरी हेर्न सकिने

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । योपटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनै पर्छ ।
नतिजा प्रकाशित भएसँगै बोर्डको https://www.neb.gov.np/result र नेपाल टेलिकमको https://neb.ntc.net.np/ वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
त्यस्तै, आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजाबारे जानकारी लिन सकिने छ ।

कुन जीपीएमा कति उर्त्तीण
जीपीए ३.६१ देखि ४.० सम्म = ४,१७९
जीपीए ३.२१ देखि ३.६० सम्म = ३०,१०७
जीपीए २.८१ देखि ३.२० सम्म = ६५,२८४
जीपीए २.४१ देखि २.८० सम्म = ६४,०९३
जीपीए २.०१ देखि २.४० सम्म = १०,९००
जीपीए १.६१ देखि २.० सम्म = ३५
जीपीए १.२१ देखि १.६० सम्म = ०
अनुर्त्तीण = १,८८,४१०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here