अफगानिस्तान द्वारा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह: आफु प्रति उचित नीति अपनाउनु

काबुल । अफगानिस्तानको तालिबान समूहद्वारा सञ्चालित कामचलाउ सरकारले विश्व समुदायलाई अफगानिस्तानमा नयाँ संस्थापनलाई दबाब नदिन र त्यसप्रति उचित नीति अवलम्बन गर्न आह्वान गरेको छ ।
अमेरिकी सेना फिर्ता भएको पहिलो वर्षगाँठका अवसरमा प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तालिवान प्रशासनले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानप्रति उचित नीति अवलम्बन गर्न र देशको स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान गर्न पुनः एकपटक आह्वान गरेको छ ।”

“हामी चाहन्छौं कि अन्तर्राष्ट्रिय समुदायले अफगानीहरूको इच्छाको सम्मान गरोस्, अफगानीहरूलाई उनीहरूको रोजाइको इस्लामिक प्रणाली राख्न देओस् र एक स्वतन्त्र राष्ट्रको रूपमा विश्व समुदायसँग सामान्य र सकारात्मक सम्बन्ध राखोस्,” विज्ञप्तिमा भनिएको छ ।

वक्तव्यमा २० वर्षको विदेशी सेनाको उपस्थितिमा पीडित भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूलाई अफगानिस्तानका विश्वासी जनताको संज्ञा दिइएको छ ।
अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएको उपलक्ष्यमा आयोजित समारोहमा बोल्दै कार्यवाहक प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले अमेरिकी सेनाविरुद्ध अफगानीको विजयका रूपमा यस दिनको प्रसंशा गरेका छन् ।
अखुन्दले अमेरिकी सेनाको २० वर्षको कब्जाले विनाश, गरिबी, प्रशासनका नेताहरूमाथिको यात्रा प्रतिबन्ध र देशमाथिको प्रतिबन्धबाहेक अरू केही बाँकी नराखेको पनि उल्लेख गरे ।
अखुन्दले आफ्नो प्रशासन कुनै पनि पक्षसँग कुनै पनि विवादित मुद्दा वार्ताको माध्यमबाट समाधान गर्न तयार रहेको पनि बताएका छन् ।
अगष्ट ३१ को दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरिएको छ र प्रशासनले विजय भएको ३० अगस्टको रातलाई पटाकाबाजी गरी हर्ष मनाउनुका साथै उक्त दिनमा सैन्य प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here