लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित: ६ घर जोखिममा

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए ।

उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here