धादिङको प्रदेश सभा क्षेत्र नं २ (क) मा दिनेश गुरुङ द्वारा दाबी पेश

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट धादिङ जिल्लाको प्रदेश सभा क्षेत्र नं २ (क) मा दिनेश बहादुर गुरुङले दाबी पेश गरेका छन् ।

बुधवार धादिङवेशीमा आयोजित पार्टीको प्रतिनिधि सभा क्षेत्र नं २ र अन्तर्गतका प्रदेश कार्य समितिहरुको संयुक्त बैठकमा उनले प्रदेश सभा सदस्यको दावी पेश गरेका हुन्

पार्टीको विभिन्न तहमा रही काम गरेका लामा एक कुशल र लोकप्रिय युवा नेताको रुपमा स्थापित छन् । उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महासमिति सदस्य पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका हुन् ।

उत्तरी धादिङबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका लामा पार्टीकै भातृ संस्था नेपाल तरुण दल धादिङको पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here