नेपाल राष्ट्र बैंक द्वारा डलर कार्डबाट हुने भुक्तानीमा कडाइ

काठमाडौ । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । डलर प्रिपेड कार्ड लिने र सोही कार्डबाट अनावश्यक कार्यमा पनि विदेशी मुद्रा खर्च हुने गरेको पाइएपछि राष्ट्र बैंकले कडाई गरेको हो ।

राष्ट्र बैंकले एक निर्देशन जारी गरी १८ प्रकारका वस्तु तथा सेवा खरिदमा प्रिपेड कार्डबाट भुक्तानी नहुने व्यवस्था गर्न भनेको छ । यस्ता वस्तुहरुमा मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११ र ६३०० रहेका छन् । यस्तै, मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६२ को भुक्तानीमा पनि डलर प्रिपेड कार्ड प्रयोग नहुने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुलाई निर्देशन दिँदै यस्तो व्यवस्था गर्न भनेको हो । डलर प्रिपेड कार्ड जारी गर्ने अधिकार पनि वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुलाई मात्रै दिइएको छ । 

राष्ट्र बैंकको सो निर्देशनले नेपालीलाई केही सेवा खरिदमा संकुचन आउने देखिन्छ । किनभने राष्ट्र बैंकले भुक्तानी नहुने व्यवस्था मिलाउन भनेका यी मर्चेण्ट क्याटेगोरी कोड (एमसीसी) नम्बरहरु मनोरञ्जन प्रयोजनका सेवा खरिदमा पनि प्रयोग हुन्छ ।
राष्ट्र बैंकले भुक्तानी नहुने व्यवस्था मिलाउन भनेको एमसीसी नम्बर ४८२९ बाट मनी अर्डर, वायर ट्रान्सफर जस्ता सेवा लिन पाइन्छ । यस्तै, एमसीसी नम्बर ५९६० बाट डाइरेक्ट मार्केटिङ, इन्स्युरन्स सर्भिस लगायत सेवा खरिद हुन्छ । आईएसओले तयार पारेको एमसीसी नम्बर अनुसार एमसीसी नम्बर ५९७२ बाट स्टाम्प एण्ड क्वाइन स्टोर, ६०१० बाट बैंक तथा वित्तीय संस्थाहरुले म्यानुुअल क्यास भुक्तानी, ६०११ अटोमेटेड क्यास भुक्तानी र एमसीसी नम्बर ६०१२ बाट मर्चेन्डाइज एण्ड सर्भिस सेवाको भुक्तानी हुन्छ ।
यस्तै, एमसीसी नम्बर ६०५१ बाट क्वान्सी क्यास मर्चेन्ट, एमसीसी नम्बर ६२११ बाट सेक्युरिटी ब्रोकर्स एण्ड डिलर्स, एमसीसी नम्बर ६३०० बाट इन्स्युरेन्स सेल्स, अण्डर राइटिङ एण्ड प्रिमियम, एमसीसी नम्बर ६५१३ बाट रियलस्टेट एजेन्ट एण्ड म्यानेजर रेण्टल्स, एमसीसी नम्बर ६५३४ बाट मनि ट्रान्सफर, एमसीसी नम्बर ६५४० बाट पीओआई फण्ड ट्रान्जेक्सन, एमसीसी नम्बर ७२७३ बाट डेटिङ सर्भिस र एमसीसी नम्बर ७८०१ सरकारको अनुमति पाएका क्यासिनो खेल्दाको रकम भुक्तानी हुन्छ ।
आईएसओका अनुसार एमसीसी नम्बर ७८०२ बाट सरकारी अनुमति पाएका हर्स रेसिङ तथा डग रेसिङ, एमसीसी नम्बर ७९९५ बाट ग्याम्बलिङ ट्रान्जेक्सन र एमसीसी नम्बर ८६५१ बाट अर्गनाइजेसन, पोलिटिक्स जस्ता क्षेत्रको भुक्तानी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here