प्रख्यात अमेरिकी उद्योगपति हेनरी फोर्डको सफलता

कारलाई लोकप्रिय र सर्वसुलभ बनाउने प्रथम व्यक्ति प्रख्यात अमेरिकी उद्योगपति हेनरी फोर्ड हुन् । उनको व्यापारिक यात्रा शून्यबाट शुरु भएर शिखरसम्म पुग्नुमा रोचक कहानी छ । ४० वर्षको उमेरसम्म उनको व्यापार टाट पल्टेको अवस्था थियो । किसान परिवारमा जन्मेका हेनरी फोर्ड केटाकेटीदेखि नै मेशिनमा रुची राख्थे ।
आफ्ना बाबु सुतिसकेपछि रातमा घडीसँग खेल्ने गर्थे । १६ वर्षको उमेरमा घर छोडेका उनले दिनमा स्टिम इन्जिन बनाउने र रातमा घडी बनाउने काम गर्थे । प्रत्येक दिन उनी १३-१४ घण्टा काम गर्थे ।

फोर्डले एउटा यस्तो कार बनाउने सपना बुनेका थिए जुन धेरै संख्यामा उत्पादन तथा बिक्री होस् । उनी यति सस्तो कार बनाउन चाहन्थे किन त्यसलाई सामान्य मानिसले पनि किन्न सकून् । यो सपनालाई साकार पार्न उनी मेहनतका साथ जुटे र अन्तिममा सफल पनि भए ।

एक पटक फोर्ड यस्तो इन्जिन बनाउन चाहन्थे, जसको आठ वटा सिलिण्डर एउटै ब्लकमा होस् । उनले आफ्ना इन्जिनियरहरुलाई त्यस्तो इन्जिन बनाउन भने । मनमनै हाँस्दै इन्जिनियरहरुले यो असम्भव भएको बताए । तर फोर्डले यो काम गर्नैपर्छ भनेपछि मन नलागी नलागी इन्जिनियरहरुले एक वर्षसम्म काम गरे । तर सफल हुन सकेनन् ।
इन्जिनियरहरुलाई लाग्यो कि अब फोर्डले आफ्नो जिद्दी छोड्छन् तर उनी आफ्नो जिद्दीमा कायम रहे । उनले इन्जिनियरहरुलाई यस काममा सफलता हात नलागेसम्म लागिरहन आदेश दिए । लगातार मेहनत गरेपछि एक दिन उनीहरु भी-८ इन्जिन बनाउन सफल भए । असम्भव शब्द फोर्डको शब्दकोषमा थिएन । त्यसैले यो इन्जिन बनाउनमा उनलाई सफलता मिल्यो ।
साभार : ‘सफलता’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here