नेपाल संस्कृत राष्ट्रिय विश्वविद्यालय अनेरास्ववियू क्रान्तिकारी द्वारा देव गुरुङलाई ध्यानाकर्षण गरायो

काठमाडौ । नेपाल संस्कृत राष्ट्रिय विश्वविद्यालय अनेरास्ववियू क्रान्तिकारीले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई भटेर संस्कृत विश्वविद्यालयमा भएको अनिमियतता र व्यक्तिवादी प्रविधिका बिषयमा ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय संस्कृत विश्वविद्यालयले मनोमानि हिसावले कर्मचारी व्यवस्थापन र पठनपाठनमा लापरवाहि गरेको ठहर गर्दै यसका बिरुद्रमा नेपाल संस्कृत विश्वविद्यालय अनेरास्ववियू क्रान्तिकारी राष्ट्रिय समितिले आन्दोलन गर्दै आएको छ।
राष्ट्रिय समितिका संयोजक सन्तोष आचार्य, रामजी प्रसाद आचार्य, आइ. पी. र हरि न्यौपानेलगायतका विद्यार्थीले महासचिव देव गुरुङलाई संस्कृत विश्वविद्यालयको विषयमा चासो लिन आग्रह गरेको छन् ।
गुरूङले “हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी थप छलफल गरेर निर्णय लिने” आश्वसन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here