आजको मन्त्रिपरिषद्को बैठकका १६ निर्णयहरु

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।
भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन्।

उनले भने, ‘‘देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।’’

यसैगरी, बैठकले विभिन्न १६ वटा निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here