यो पालिको तिजमा त माईत जान दिने छैनन् अबश्य

बिचार/ब्लग । मेरी आमा गित सिर्जना गर्न जान्नु हुन्छ,। तर उहाँ लेख्न भने खासै जान्नुहुन्न,।सामान्य प्रौढशिक्षा बाहेक उहाँको औंपचारिक शिक्षा भने खासै छैन,। म बाल्यकाल मा आमासंग रमिदैँ गर्दा उहाँले मेलापात,घाँसदाउरा,गर्दा खेरी उहाँले सृजना गर्नुभएका तर काँही/कतैं नलेखीएका आमाका थुप्रै गितहरु यसैं बिर्सिंए दुखहरु जस्तै , सुखहरु जस्तै , अनुभवहरु जस्तै साँच्दा/साँच्दै पनी यसै हराएर गए समय जस्तै ,उमेर जस्तै , जिवन जस्तै म सानो हुँदा खेतबारी र बन जगंल मा आमा सगं खुब हिँडे आमाले यसरी खुब गित गाउनु हुन्थ्यो तर मेरो बच्चा दिमाग ले आमाका ती गहिरा भावना बुझ्न र सम्झंन सक्ने कत्ती थिएन,आजकाल म भन्छु,। आमा अहिले पनि गित बनाउनु न ?गाउनु न ? आमा भन्नु हुन्छ खै अहिले त्यती सक्दिँन मेरो उमेर बुढ्यौली भईसक्यो,।मेरो स्वर छोटो हुनी रैच,। तै पनी मनमा केही आईहाल्यो भने मोबाइल अरुलाई दिएर केही लेख्न लगाउनु हुँदो रहेछ र उहाँ तिजको केही शंब्दहरु लेख्न लगाउनु हुन्छ।र खित्का छाडेर हाँस्नुहुन्छ,आज उहाँले नै लेख्न लगाउनुभएको केही सिर्जनाहरु,भेट्टाँए,।

“बाल्टीभरी दुध दोएर आमा खिर पकाउँछिन् !
छाता लौरो टेकेर लिन पठाउँथिन!!
उकाली चढ्दै ओरालीमा झरम्ला!
काठे पुल तरेर माईती घर पुग्नेछु !!
हामी हिँड्ने बाटोमा दुबो पाती पलायो!
आजभोली त फोनले गर्दा लिन आउनी चलन हरायो!! यसपाली त माईत जान दिने छैनन अबश्य!
बाबा/आमा नभएनी दिदी/बहीनीलाई फोनमै कुरा गर्छु अवस्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here