नुवाकोटमा आमा छोरालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते

नुवाकोट । म्यागङ गाउँपालिका -३ फासाङमा आइतबार घर जादै गरेका आमाछोरा माथी धारिलो हतियार प्रहार गरि गम्भीर घाइते भएका छन । बुङताङ घर भएकी २६ वर्षिय आइतिमाया तामाङ र उनका ३ वर्षिय छोरा अलिन तामाङ माथी हमला भएको हो ।

उक्त घटनामा संलग्न म्यागङ -३ फासाङका चक्र भन्ने भिमबहादुर तामाङ, कमल तामाङ र किस्मत तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटना बाट घाइते भएकी आईतिमायाको साथमा रहेको मोबाईल फोन र नगद समेत लुटेको देउराली प्रहरी चौकीले जनाएको छ ।
साथै गम्भीर घाइते आईतिमायालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here