गोसाइँकुण्डमा यो पटक तीन लाख २२ हजार एकसय १५
भेटी सङ्कलन

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुन्चे पुर्याइ जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो ।

समितिका अध्यक्ष सञ्जीव डिएमले भेटी तीन लाख २२ हजार एकसय १५ सङ्कलन भएको जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आ–आफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here