विलिभर्स इस्टर्न चर्च रिचेत द्वारा अनाथ, आर्थिक रुपमा कम्जोर विद्यार्थीहरुलाई सहयोग प्रदान

धादिङ । रुबीभ्याली ६ मा रहेको विलिभर्स इस्टर्न चर्च रिचेत द्वारा अनाथ, आर्थिक रुपमा कम्जोर विद्यार्थीहरुलाई अति आवस्यक शैक्षिक सामाग्री खरिद गर्न सहज होस भन्ने उदेश्यले नगद सहयोग प्रदान गरेको छ ।

रुबीभ्याली गाउँपालिका वडा न. ५ मा रहेको तिम्ला आधारभूत विद्यालयका अनाथ , आर्थिक रुपमा कमजोर करिब सत्ताईस जना छात्रछात्राहरुलाई जनही एक हजारको दरले सत्ताईस हजार नगद सहयोग हस्तान्तरण गरिएको हो ।

साथै विलिभर्स इस्टर्न चर्च रिचेतका फादर गगन गुरुङले शैक्षिक सामाग्री तथा झोलाहरु सहयोग गर्ने योजना भएता पनि बर्खाको समय भएकोले सदरमुकाम बाट उक्त सामाग्रीहरु ल्याउन असहज भएकोले नगद सहयोग प्रदान गरिएको बताउनु भयो । साथै यो सहयोगले भाइ बहिनीहरुको पठनपाठनमा थप टेवा पुगोस् र उनीहरुको भबिस्य उज्ज्वल बनोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।

त्यस्तै विद्यालयका प्र.अ. बम बहादुर तामाङले विलिभर्स इस्टर्न चर्च रिचेतका सम्पूर्ण परिवारलाई र विशेष गरि फादर गगन गुरुङलाई विद्यालय प्रतिको माया र उक्त सहयोग गर्नु भएकोमा बधाई व्यक्त गर्नु हुँदै, यश सहयोगले छात्रछात्राहरुको पठनपाठनमा थप प्रेरणा तथा हौसला मिल्ने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here