रुबीभ्यालीमा मोबाइल नेटवर्कमा समस्या: दिउँसो आउने बिहान बेलुका सेवा अबरुद्ध

धादिङ । रुबीभ्यालीका ३ वडाका केहि गाउँहरु र खनियाँबासको वडा न १ का केही गाउँहरुमा बिगत केही दिन देखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आएको छ । यद्यपि यो समस्या बिगतका बर्षहरुमा पनि बर्षातको समय र जाडो यामको पुस माघमा यस्तो समस्या उत्पन्न हुने गर्दथ्यो ।

रुबीभ्याली ५ को डेजोङ डाडामा रहेको नेपाल टेलिकमको टावरको समस्याले त्यस टावर बाट मात्रै मोबाइल नेटवर्क चल्ने रुबीभ्याली ४,५ र ६ का केही गाउँहरु र खनियाबासको वडा न. १ मा प्रत्यक्ष रुपमा यश समस्याले स्थानीयहरु प्रभावित भएका छन ।

कहिलेकाहीँ साझ, राती र बिहान आपतकालीन परेको अवस्थामा सम्पर्क गर्नु पर्दा अत्यन्तै अप्ठ्यारो हुने स्थानीय बताउन्छन ।

स्थानीयका भनाइ अनुसार लगातार बर्षा हुदा र घाम नपर्दा, सोलार पावरमा समस्या भएको हुन सक्ने र दिउँसो अलि घाम लागेको समयमा फेरि आफै आउने भएकोले सोलारमा समस्या हुन सक्ने बताउन्छन ।

पहिला यस्तो हुदैनथ्यो तर केही बर्ष देखि टावरमा यस्तो समस्या उत्पन्न भएकोले तत्काल समस्याको समाधान गर्न संबंधित निकाय, गाउँपालिका, नेपाल टेलिकम धादिङ लगायत सरोकार निकायको ध्यानाकर्षण भै समस्या समाधान गरिदिन स्थानीय बासिन्दाहरुले माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here