युवराज अधिकारी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बाट बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कानुनी आधार र ‌औचित्य बाहिर गएर ट्विनअटर विमान भाडामा दिएको, निगमनका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको लगायत उनीमाथि आरोप लागेको  थियो।
यसबारे छानबिन गर्न समिति गठन भएको थियो।
छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोही प्रस्तावअनुसार अधिकारीलाई आजको मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here