अभियान लघुवित्तको आइपिओ आज देखि बिक्री खुल्ला

काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्थाको ९ लाख ७५ हजार कित्ता आइपिओ बुधबार (साउन १८ गते)देखि बिक्री खुल्ला भएको छ। संस्थाले प्रति कित १ सय रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ सर्बसाधारणको लागि जारी गरेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आइपिओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ। यस आइपिओमा लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। सले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here