सुनको मूल्य घट्यो

काठमाडौ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार २३० रुपैयाँ कायम रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here