रुबीभ्यालीका स्वास्थतर्फ करारमा नियुक्ति भएका कर्मचारीहरुलाई बधाई ज्ञापन

धादिङ । रुबीभ्याली गाउँपालिकाको स्वास्थतर्फ अस्थायी करारमा हालै नियुक्ति भएका कर्मचारीहरुलाई शुक्रबार पालिका प्रमुख रामसिङ तामाङ द्वारा बधाई तथा स्वास्थ क्षेत्रको बिकास र रुपान्तरणको निम्ति सल्लाह सुझाव दिनु भएको प्रमुख निकट बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

गाउँपालिका प्रमुख रामसिङ तामाङले नवनियुक्त स्वास्थ कर्मीहरुलाई आफ्नो योग्यता र क्षमताले परिक्षामा उतिर्ण हुन सफल भएकोले बधाई व्यक्त गर्नु हुदै आगामी दिनहरूमा स्वास्थ कर्मीहरुको हकहितको निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै स्वास्थ कर्मीहरुको क्षमता बिकास गर्न एबं लोकसेवामा स्थाई हुन लोकसेवा कक्षा संचालन गर्न एबं प्रोत्साहनको लागी विभिन्न कार्यक्रमहरुका लागि समेत बजेट बिनियोजन गरिएको बताउनु भयो ।

सोही समारोहमा, स्वास्थ कर्मीहरुको प्रतिनिधित्व गर्दै लामो समय देखि रुबीभ्यालीको स्वास्थ क्षेत्रमा कार्यरत भिम माया तामाङले परिक्षाको नतिजा सोचेको भन्दा निकै फरक आएको बताउनु भयो । “पालिकाले आफू निकट कर्मचारी नियुक्त गर्न करारको कर्मचारी हटाइएको भन्ने जुन किसिमको भ्रम थियो त्यस्तो केही नभएर सक्षम र योग्य ब्यक्ति छनोट गर्न परिक्षा गरिएको रहेछ” तामाङले बताउनु भइन ।

कार्यक्रममा पालिका प्रमुख तामाङ सहित उपाध्यक्ष फेलामा तामाङ वडा न ६ का वडा अध्यक्ष समीर गुरुङ, वडा न १ का पम्बर तामाङ एब पालिका प्रशासनिक अधिकृत लगायत केहि दिन अगाडि भएको परिक्षामा उतिर्ण हुन सफल हेल्थ असिस्टेन्ट ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना गरि जम्मा २३ जना नवनियुक्त स्वास्थ कर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here