रुबीभ्यालीका स्वास्थतर्फ करारमा नियुक्ति भएका कर्मचारीहरुलाई बधाई ज्ञापन

धादिङ । रुबीभ्याली गाउँपालिकाको स्वास्थतर्फ अस्थायी करारमा हालै नियुक्ति भएका कर्मचारीहरुलाई शुक्रबार पालिका प्रमुख रामसिङ तामाङ द्वारा बधाई तथा स्वास्थ क्षेत्रको बिकास र रुपान्तरणको निम्ति सल्लाह सुझाव दिनु भएको बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

गाउँपालिका प्रमुख रामसिङ तामाङले नवनियुक्त स्वास्थ कर्मीहरुलाई बधाई संगै आगामी दिनहरूमा स्वास्थ कर्मीहरुको हकहितको निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो थियो । साथै स्वास्थ कर्मीहरुको क्षमता बिकास गर्न एबं लोकसेवामा स्थाई हुन लोकसेवा कक्षा संचालन गर्न बजेट समेत बिनियोजन गरेको बताउनु भयो ।

सोही समारोहमा, स्वास्थ कर्मीहरुको प्रतिनिधित्व गर्दै लामो समय देखि रुबीभ्यालीको स्वास्थ क्षेत्रमा कार्यरत भिम माया तामाङले परिक्षाको नतिजा सोचेको भन्दा निकै फरक आएको बताउनु भयो । “पालिकाले आफू निकट कर्मचारी नियुक्त गर्न करारको कर्मचारी हटाइएको भन्ने जुन किसिमको भ्रम थियो त्यस्तो केही नभएर सक्षम र योग्य ब्यक्ति छनोट गर्न परिक्षा गरिएको रहेछ” तामाङले बताउनु भयो ।

कार्यक्रममा पालिका प्रमुख तामाङ सहित उपाध्यक्ष फेलामा तामाङ वडा न ६ का वडा अध्यक्ष समीर गुरुङ, वडा न १ का पम्बर तामाङ एब पालिका प्रशासनिक अधिकृत लगायत केहि दिन अगाडि भएको परिक्षामा उतिर्ण हुन सफल हेल्थ असिस्टेन्ट ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना गरि जम्मा २३ जना नवनियुक्त स्वास्थ कर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here