साहसिक हुनु नै सफलता प्राप्तिमा नभई नहुने गुण हो

काठमाडौ । यदि साहसको पहिलो चरण शुरुवात हो भने साहसको दोस्रो भाग त्यो शुरुवातलाई कायम राख्नु हो । यो त्यो स्थितिमा टिकिरहने साहस हो । यो लक्ष्यको बाटोमा टिकिरहने साहस हो । यो हर असफलता र समस्यापछि पनि डटिरहने साहस हो ।
आत्म अनुशासन चरित्रको सबैभन्दा साहसिक गुण हो । यसैले तपाईंलाई मैदानमा डटिरहन मद्दत गर्छ । आत्म अनुशासन नै त्यो गुण हो जसले तपाईंलाई जोखिम मोल्ने, खतरा र अनिश्चिताको मौकामा पनि अगाडि बढ्ने शक्ति दिन्छ । आत्म अनुशासन र त्यसबाट आउने साहस, तपाईंभित्र एक यस्तो आन्तरिक शक्तिको विकास गर्छ, जसले तपाईंको बाटोको बाधा पन्छाउन मद्दत गर्छ ।
साभार : ‘सफलता शास्त्र’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here