ठमेल पर्यटन बिकास परिषदको उपाध्यक्षमा धादिङ ज्यामरुङका सहदेब धमलाको उम्मेदवारी

धादिङ । आगामी असार ३२ गते हुने ठमेल पर्यटन बिकास परिषद को नयाँ कार्यसमिती चुनाबमा भबिश्वर शर्माको प्यानलबाट परिषद को उपाध्यक्ष पदमा सहदेब धमला(बिमल) ले उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्लाको निलकन्ठ न:पा ११ अर्थात् साबिकको ज्यामरुङ गाबिस वार्ड नं ९ छिपी गाँऊमा जन्मिएका धमलाले बिगत लामो समयदेखी नै राजधानी को ठमेल लगायतका बिभिन्न स्थानमा पेसा र ब्याबसाय गर्दै आईरहेका छन् । उनले ठमेलस्थित काठमाडौं ईको होटल, बेष्ट हेरिटेज टुर एण्ड ट्रभल्स, बिभिन्न शैंक्षिक संस्था तथा रेस्टुरेन्ट पनी संन्चालन गर्दै आईरहेका छन् ।

स्नातकोत्तर सम्मको अध्यन गरेका धमला ठमेल पर्यटन बिकास परिषदका पुर्ब कार्यसमिति सदस्य समेत हुन्। बिभिन्न समाजसेवामा आबद्ध धमला ठमेल बिकास परिषदको निर्बाचन(२०२२) का लागी भबिश्वर शर्मा समुहबाट उपाध्यक्ष पदका प्रत्यासी उहाँले स्नातकोत्तर सम्मको अध्यन गर्नु भएको छ। नेपाली पर्यटनको प्रचार प्रसार गर्दै जापान,जर्मन,सिङ्गापुर,मेरिसस लगायत (२२)भन्दा बढी देशको भ्रमण गरिसक्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here