निषेधित क्षेत्रमा गाडी रोकेको भन्दै नीलकण्ठ नगर प्रहरीले गाडीमा साचो लगाए: ताल्चा फोरे २० हजार जरिवाना

धादिङ । नीलकण्ठ नगरपालिकाको नगर प्रहरीले शुक्रबार एक बोलेरो गाडीमा निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै साचो लगाएको छ ।

बीगत दुई बर्ष देखि आफू बस्दै आएको भाडाको घर अगाडि सधै पार्किङ गर्ने ठाउँमा गाडी राखी काम विशेषले बजार बाहिर जानू परेको र त्यही बेला नगर प्रहरीले गाडी हताउन भनि तामाङलाई फोन गरे तर एक घण्टामा मात्रै आफू आइपुग्न सक्ने तामाङले बताए पछि गाडीको अगाडि टायरमा साङ्लो सहित ताल्चा लगाए ।

साथै ताल्चा लगाई सके पछि उक्त ताल्चा वडा अध्यक्ष, टोल सुधार समिति लगायतको सरसल्लाहमा ताल्चा लगाएकोले, खोले २० हजार जरिवाना तिर्नु पर्ने समेत भने चालक कृष्ण तामाङले होराईजन खबरलाई बताए ।

तामाङ बताउन्छ्न, हिजो देखि गाडी रोकि राख्दा आफुलाई हजारौं रुपैयाको नोक्सान भयो । साथै त्यस क्षेत्र वरपर कहि पनि नो पार्किङ भनिएको छैन, नजिकै अन्य गाडीहरु पनि छ्न ..! अन्यलाई चाहिँ केही नगर्ने तर आफुलाई मात्रै यस्तो गरिनु न्यायोचित नभएको उनी बताउन्छन ।

अडियो कल रेकर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here