धादिङका जनप्रिय नेता भण्डारी र बिकासप्रेमी नेता सिम्खडा केन्द्रिय सदस्यमा मनोनीत

धादिङ । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा धादिङका जिउँदा सहित भनेर चिनिने रामबहादुर भण्डारी र प्रदेश सांसद समेत रहेका जगत सिम्खडालाई थप गरिएको छ ।

जनयुद्ध देखि आफ्ना छोराहरु गुमाएका, सेना बाट चरम यातना दिएका भण्डारी धादिङबासी सम्पूर्णका जनप्रीय नेताका रुपमा परिचीत हुनुहुन्छ । यद्यपि पार्टीले पटकपटक अपमान गरेको माओवादी कार्यकर्ताहरु कै जनगुनासो रहेको थियो । केन्द्रिय सदस्यमा मनोनयन भए सग सम्पूर्ण कार्यकर्ता एबं धादिङ बासी खुशी भएका छन ।

त्यस्तै पछिल्लो समय उत्तरी धादिङको जनमानसमा लोकप्रिय बन्दै गएका बिकासप्रेमी प्रदेश सांसद समेत रहेका जगत सिम्खडा केन्द्रिय सदस्यमा मनोनीत हुनु भएको छ । पार्टीको स्वार्थ भन्दा माथी उठेर आफ्नो अर्का पार्टीको कार्यकर्ता नभनी सबैलाई समान रुपमा बिकास निर्माणमा सहभागी गराउदै जनताको सेवामा समर्पित सिम्खडालाई उत्तरी धादिङे जनताले अझै एक पटक सांसदमा उम्मेदवार बन्नु पर्ने तीब्र माग रहेको छ ।

साथै नेकपा माओवादी केन्द्रको धादिङ बाट केन्द्रिय सदस्य हुनेको संख्या ६ पुगेको छ ।
महादिवेशनबाट शालिकराम जम्मकट्टेल, पुष्पविक्रम मल्ल, कल्पना धमला, दीपा सिंखडा र ओम शर्मा केन्द्रिय सदस्य बनेका थिए, भने आइतबार बेसेको केन्द्रीय समितिको वैठकले भण्डारी र सिम्खडा केन्द्रीय सदस्यमा मनोनित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here