जङ्गली च्याउ खाँदा १५ जना बिरामी, तीनको अवस्था गम्भिर

काठमाडौं । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । बुटवल-१२ नयाँगाउँका ६ जना र बुटवल-४ लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here