हाम्रो पालामा यस्तो हुन्थ्यो, ‘त्यो बेलाको बालापनको आनन्दमय क्षण’

काठमाडौ । (१) स्कुल एक डेढ घन्टा हिडेरै जानुपर्थ्यो, किनकि बस, साइकलमा जाने बाटो थिएन,बाटो भएपनि चलन थिएन । स्कुल पठाएपछि राम्रो नराम्रो केही होला भनेर हाम्रो बा-आमाले केही सोच्नुहुन्थेन, उहाँहरु ढुक्क हुनुहुन्थो ।

(२) हामीलाई पास/ फेल मात्रै थाहा थियो, पर्सन्टेजसँग हाम्रो कुनै सम्बन्ध थिएन ।

(३) ट्युशन पढ्न जान सरम लाग्दथ्यो, किनकि पढाईमा कमजोर (बुद्दु ) मात्रै ट्युशन जान्छन भन्ने साेचाई थियाे !

(४) असुराको मुन्टाको चुन्नि र थोत्रो मोजा भित्र प्लास्टिक र कागज भोरेर फुटबल बनाएर खेलिन्थो।

(५) किताबको बीचमा पिपलको पात, मयूरको प्वाँख र सरस्वती पूजाको अक्षता राखे बिद्या आउँछ भने सोचाई हुँन्थ्यो ।

(६) ऊनीको एकफिते झोला (पछि GAP भिरुवा झोला ) भरी सातवटा किताब र यी सबै किताबकाे कपि र जमेट्री बक्स बोकेर स्कुल गइन्थ्यो ।

(७) कक्षा पास भएपछि अरुको पुरानो किताब किन्न र आफ्नो किताब अरुलाई बेच्न हानथाप हुन्थ्यो जबकि पुरानो किताब आधा दाममा पाइन्थो। नयाँ किताब बनाउन पत्रीकाको खोल हालिन्थ्यो, त्यो बेला न हरेक साल किताब बदलिंन्थ्यो न पाठ्यक्रम नै ।

(८) हाम्रो पालामा संस्कृत, नैतिक शिक्षा, पुर्वव्यबसायिक शिक्षा जस्ता बिषयहरु पनि पढाइ हुन्थें ।

(९) अहिलेको जस्तो कक्षा भर्ना भएदेखि ABC अंग्रेजी माध्यमबाट पढाइ हुन्थेन । ४ कक्षादेखि मात्रै अंग्रेजीकाे पढाई हुँन्थ्यो ।

(१०) स्कुलमा पुगेपछि कक्षा काेठामा झाेला राखि ग्राउन्डमा लाईनमा बसि राष्ट्रिय गीत “श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भुपति.. …” भन्ने गाइन्थ्यो र केही समय पिटि पनि खेलिन्थो !

(११) होमवर्क नगर्दा वा केही गल्ती गर्दा शिक्षकले लठ्ठीले सुमला उठने गरि हातमा हान्ने र औंलाको बीचमा कलम हालेर सजाय दिनुहुन्थ्यो ।

(१२) गर्मी महिना बैशाख /असार महिनामा बिहान ६ बजेदेखि ११ बजेसम्म स्कुलमा पढाई हुन्थ्यो । छुट्टि भएपछि नदि र खाेलामा पाैडि खेल्नुको मजा कति कति…!

(१३) हामीले पकेट खर्च कहिल्यै माग्थेनौं । सिधै घर आएर मकै, रोटी, दुध, मही खान्थ्यौं । टिफिन भन्ने के हो थाहा थिएन । त्यसैले हाम्रो आवस्यकता थाेरै थिए ।

(१४) कहिलेकाही हातमा पैसा परेमा सुन्तला मिठाई, पिरो मिठाई, पिंपलगेडी, अइठे मिठाई (बटारे मिठाई ), पाचक, मधू सुपारी, ल्याक्टो र योयो चकलेट,१ रुपैयाँको पावर बिस्कुट, सिगडा खाइन्थो !

(१५) हामीले बा/आमालाई मनै मनले धेरै प्रेम गर्थ्यौं! आजकलको जस्तो आई लव यु भन्न आउँदैन्थ्यो ।

(१६) दशै, नयाँ बर्षमा हिरो हिरोइनका र फूलहरुको पोष्टकार्डमा शुभकामना लेखेर आदानप्रदान गरिन्थ्यो । साथिहरुसग अटाे भर्ने पनि गरिन्थ्यो ।

(१७) स्कुलबाट फर्केपछि गुच्चा, डन्डीबियो, ककफाइट, कबड्डी ( गुटुटु ), लुकामारी खुबै खेलिन्थ्यो । आजकल ती खेलहरु सबै लोप भएर गए ।

हामीले जिन्दगीमा अनेकौं ठक्कर र हन्डर खाएर यहाँसम्म आएका हौं । अहिले हामी संसारको जुनसुकै ठाउमा भएपनि यो सत्य हो कि हामी वास्तविक जीवनसँग खेल्दै आएका थियौ । हामीले पहिले भोगेको दु:ख र आफ्नो कर्मलाई दोष देखाएको होईन,त्यो बेलाको आनन्दमय क्षण र बालापनको सम्झना गरेको मात्रै हो । त्यो सम्झदा पनि आनन्द लागेर आउँछ । जुन कुराहरु हामीले भोग्यौं, अहिलेको बर्तमानसँग तुलना हुनै सक्दैन।

सामाजिक सन्जालबाट साभार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here