आज छानिदै मिस नेपाल: २४ सुन्दरी प्रतिष्पर्धीमा

काठमाडौ । नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ को नयाँ विजेता आज छानिँदैछिन् । ललितपुरमा साँझ हुने फिनालेमा २४ सुन्दरी प्रतिष्पर्धी छन् ।
द हिडन ट्रेजरले यसपटकको संस्करण भौतिक रुपमै आयोजना गर्न लागेको हो । अघिल्ला दुई संस्करण कोभिड महामारीका कारण रोकिएको थियो ।

यसपटकको प्रतिष्पर्धामा ६ चिकित्सक सुन्दरीले सहभागिता जनाउँदैछन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसबाहेक ९ वटा विधागत टाइटल छन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here