पर्बतारोहण सङ्घको सदस्यमा ज्यामरुङका रामचन्द्र धमला निर्बाचीत

धादिङ । नेपाल पर्बतारोहण सङ्घको अध्यक्ष मा निमा नुरु शेर्पा बिजयी भएका छन्। जेष्ठ २७ गते समपन्न सङ्घको चुनाबमा अध्यक्षमा शेर्पाले ७३५ मत ल्याएर बिजयी भएका हुन् । उहाँको प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले भने १२२ मत ल्याएका थिए ।
सङ्घको सदस्यमा धादिङ ज्यामरुङ का रामचन्द्र धमलाले ३०९ मत ल्याएर निर्बाचित भएका हुन्। भुकम्प,प्राकृतिक प्रकोप लगायत का बिपत्ती, धादिङ का बिधालयहरुमा शैक्षिक सामाग्री हरु हस्तान्तरण लगायतका सामाजिक कार्यमा समेत धमलाको महत्त्वपूर्ण भुमिका रहेको छ,भने श्री शङ्खादेबी माध्यमिक बिधालय निलकन्ठ (११)धादिङ ज्यामरुङका भुतपुर्व बिधार्थी समाजका अध्यक्ष समेत हुन् ।
सङ्घको दुई हजार ४९ सदस्यहरुमध्ये नबिकरण भएको कुल एक हजार २१५ मतदाता रहेको थियो।अध्यक्ष सहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमिती को लागी निर्वाचन भएको हो,।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here