रुबीभ्यालीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त

धादिङ । नेपाल तामाङ घेदुङ रुबीभ्याली गा.पा. कार्यसमिति र नेबेर कपुरगाँउ एकता समाजले धादिङ बेसिमा एक कार्यक्रमको आयोजना गर्दै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित रुबीभ्यालीका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

उक्त समारोहमा तामाङ घेदुङका केन्द्रिय सदस्य एबं जिल्ला इन्चार्ज दिनेश तामाङले प्रोजेक्टरको माध्यम बाट साबिकको लापा गाबिसमा बर्तमन अबैज्ञानिक वडा संम्रचनाले गर्दा नेबेर गाउँका मानिसहरु एक दिन हिडेर भोट हाल्न जानू पर्ने बाध्यता भएकोले साबिकको लापालाई ३ वटा वडामा बिभाजन गर्नु पर्ने भनि कारण सहित प्रस्टीकरण गर्नुको साथै जनप्रतिनिधिलाई निर्वाचन अघि गरिएका प्रतिबद्धताहरुलाई स्मरण गराउदै छिटोभन्दा छिटो पूरा गर्न अनुरोध गरिएको दिनेश तामाङले होराईजन खबरलाई बताउनु भयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले आफ्नो कार्यकालमा राजनैतिक एबं दलगत स्वार्थ भन्दा माथी उठेर रुबीभ्यालीका जनताहरुको जटिल एबं सबै किसिमका समस्याहरुलाई समाधान गर्दै समृद्ध रुबीभ्याली बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here