मृगाैला पिडित भाेज थापा मगरलाई आर्थिक सहयाेगको लागी अपिल

धादिङ । नेपाल मगर सघ जिल्ला समन्वय समिति धादिङको हार्दिकता पुर्वक जिवन रक्षाको लागि सादर अनुरोध एबं जीवन रक्षाको लागि अपिल गरिएको छ ।

नेपाल मगर विद्यार्थि सघ धादिङको पुर्व अध्यक्ष नेपाल मगर विद्यार्थी सघ पुर्व केन्द्रिय सदस्य नेपाल मगर सघ धादिङको पुर्व सचिव नेपाल मगर सघ धादिङको वरिष्ठ उपाध्यक्ष श्री भोज बहादुर थापा मगर आफ्नो दुवै मृगौला फेल भर्इ निकै गम्भिर अवस्थामा हाल त्रिवि शिक्षण अस्पताल  काठमान्डौमा उपचाररत हुनुहुन्छ । छिटो भन्दा छिटो मृगौला प्रत्यरोपण गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको छ ।
उहाँ नेपाल मगर सघमा विद्यार्थि जिवन देखि नै सक्रिय हुदै विभिन्न काल खण्डमा विभिन्न पदमा रहि मगर समुदायलार्इ अतुलनिय योगदान गर्दै नेपाल मगर विद्यार्थी संघˌ नेपाल मगर संघ श्री लाङघाली सहकारी सस्था लि.  तथा अन्य सामाजिक संस्थामा संलग्न रही समाजलाई आफ्नो जीवनको ऊर्जावान् समय समर्पण गरिरहनुभएको छ ।

उहाँको परिवारमा बुबा, आमा, श्रीमती, भाइ, बहिनी र दुई नाबालक छोराहरू छन् । सामान्य आर्थिक अवस्था भएका ३१ वर्षीय उहाँको जीवन रक्षामा हातेमालोका लागि नेपाल मगर सघ जिल्ला समन्वय समितिˌ धादिङ देशविदेशमा रहनुभएका दाजुभार्इ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौ । सहयोगका लागि सानिमा बैंकमा उहाँकी श्रीमती शारदा थापा मगरको नाममा रहेको खातामा नगद रकम जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ ।

SHARADA THAPA MAGAR
A/C No. 004011090004976
SANIMA BANK
Contact Number: 9843838308 and 9841063441
हाम्रो सहयोगले एक सचेत युवाको जीवन जोगिन्छ ।
जय नेपाल !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here