सुनको मुल्यमा वृद्धि

काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here