‘सुरक्षित वैदेशिक रोजगारको लागि समुदाय अभिमुखीकरण कार्यक्रम’ लापामा हुने

धादिङ । वैदेशिक रोजगारमा जान चाहने र फर्किएका हरुको लागि सिकाइ आदानप्रदान तथा “सुरक्षित वैदेशिक रोजगारको लागि समुदाय अभिमुखीकरण कार्यक्रम” रुबीभ्याली गाउँपालिका वडा न. ५ लापामा बिहिवार १९ गते हुने भएको छ ।

कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा रुबीभ्याली गाउँपालिकाको आर्थिक सहयोगमा उक्त एकदिने कार्यक्रम संचालन हुन गइरहेको हो ।

कार्यक्रमले वैदेशिक रोजगार सम्बन्धि आवस्यक ज्ञान दिनुको साथै वैदेशिक रोजगारमा जानु अघि के के कुराहरुमा ध्यान दिनु पर्छ, जस्ता कुराहरूको जानकारी गराउनुको साथै वैदेशिक रोजगार बाट फर्किएका ब्यक्ति हरु द्वारा आफुले भोगेका अनुभवहरु समस्याहरु समेत उक्त कार्यक्रममा आदानप्रदान प्रदान गरिने आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here