भरतपुर महानगरपालिका: मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी बिजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा  रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन्। 

यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम केहि सयमा सार्वजनिक गर्ने तयारी गरेको छ।
भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र,  ३  वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ। कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्।
रेणु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here