रसुवाको २ गाउँपालिकाको १३ स्थानमा चोरी र तोडफेडको घटना

    रसुवा जिल्लाको कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकामा चोरीका घटनामा वृद्धि भएका छन ।उत्तरगया गाउ पालिकामा पछिल््लो केही दिनयता २ दर्जन घरमा तोडफोट तथा चोरी भएको छ । गत २ साता अघी उत्तरगया गाउ पालिका २, ३,को डाडागाउमा विभिन्न घरमा चोरी तथा तोडफोड भएको घटना सेलाउन नपाउदै उत्तर गया गाउ पालिका र कालिका गाउ पालिकामा १३ स्थानमा चोरी र तोडफेडको घटना भएको छ ।
    हिजो शुक्रवार राति उत्तरगया गाउ पालिका वडा नम्वर ५ वडा कार्यालय सहित केहि पसल र व्यक्तीको घर तोडफोड भएको थियो भने चोरी भएको भने र कालिका गाउ पालिकामा ९ वटा चोरीको घटना भएको प्रहरी जानकारी दिएको छ ।
    जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी निरीक्षक झलक शर्माका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।
    कालिका गाउ पालिका वडा नम्वर ३मा रहेको शिवशक्ति बचत तथा ऋण सहकारीवाट ३ लाख १५ हजार ७ सय ५४ नगद चोरी भएको छ , यसै बिच कालिका ३ धारापानी रामचन्द्र गोतामेको माईली तिलहरी सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यसै बिच कालिका २ गन्तव्य पेट्रोल पम्प नजिक डिल्ली ढकाल र भगवती न्यौपानेको घरमा चोरी भएको छ भने कालिका ३ बेतनी सस्था ईकाईमा समेत तोडफोड भएको छ ।
    यसै उत्तरगया गाउ पालिका वडा नम्वर वडा–५ वडा कार्यालयमा पनि चोरी भएको छ । वडा कार्यालयको मुल गेट सहित ४वटा ताल्छा फोडी सिसि क्यामेराको मनिटर चोरी भएको छ र वडा कार्यालयको बिभिन्न कार्यकक्षमको दराज समेत तोडफोड भएको छ भने यता उत्तर गया गापालिकाके बिभिन्न ४वटा स्थान घरमा पसल र ब्यक्तीको घरमा र चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउँछन । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उनले बताए ।यता कालिका३ का समाज सेवी शंकर न्यौपानेले प्रहरी चौकीकै नजिक दैनिक जसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।
    पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निशिक्षक झलक शर्माले बताउनुहुन्छ । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक शर्मा बताउनुहुन्छ ।
    बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी भएकाले बहुमुल्य गरगहना सुरक्षित स्थानमा राख्न र नगद कारोवार बैकिङ कारोवार गर्ने समेत अनुरोध गर्नु भयो ।
    Source: Radio Langtang

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here