स्व. पोस्ट बहादुर बोगटीको छोरी प्रभा बोगटी बिदुर न.पा.को उप-मेयरमा बिजयी

    नुवाकोट । स्थानीय तह निर्वाचनमा नुवाकोट सदरमुकामको पुरानो नगरपालिका विदुरमा ३० वर्षपछि गठबन्धनले एमालेको गढ भत्काइदिएको छ । २०४९, २०५४ र २०७४ सालमा जितेको एमालेको विरासतलाई गठबन्धनले भत्काइदिएको हो । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् ।

    श्रेष्ठ १५ हजार ८२६ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा बोगटीले १२ हजार ६८० मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्जु पण्डितले १२ हजार १५४ मत ल्याएर पराजित भएका छन् । पण्डितलाई श्रेष्ठले ३ हजार ६७२ मतान्तरले पराजित गरेका हुन् ।

    उपमेयर बोगटीले निकटतम प्रतिद्वन्द्वी अम्बिका पौडेल नेपाललाई ८६५ मतान्तरले पराजित गराइन् । बोगटी स्व.पोष्टबहादुर बोगटीकी कान्छी छोरी हुन् । उनी द्वन्द्वकालदेखि राजनीतिमा लागेकी थिइन् । उनका दाइ रविले द्वन्द्वकालमा ज्यान गुमाएका थिए भने दिदी लुम्बिनी प्रदेशमा राजनीतिमा सक्रिय छिन् ।
    २०७१ भदौमा बुवा पोष्टबहादुरको हृदयघातका कारण निधन भएपछि उनको पदचाप पछ्याउँदै प्रभा पत्रकारिता छाडेर राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here