बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु लामिछाने मगर भारी मतका साथ विजयी

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका राजु लामिछाने मगर फराकिलो मत अन्तरले विजयी भएका छन् ।

मगरले ८ सय ४१ मत ल्याउदा निकटतम प्रतिद्वन्दी नेकपा एसका चेतनाथ सिलवालले २ सय ७३ मत मात्रै पाए । मगर २०७४ को निर्वाचनमा पनि माओवादीबाट वडा अध्यक्षको प्रत्यासी रहेका थिए ।

२०७४ मा आफुलाइ हराउने नेकपा एमालेका गुणराज उप्रेतीलाइ उनले गठबन्धनको बलमा तेस्रोमा पु¥याइदिएका छन् । गुणराज उप्रेतीको १ सय ९० मात्रै मत आएको छ ।

उप्रेतीले २०७४ मा ४ सय ५४ मत ल्याएर विजयी भएका थिए । यो नतिजा हेर्दा एमालेले आफ्नै मत समेत सुरक्षित गर्न नसकेको देखिएको छ । राजु लामिछाने मगर नेपाल मगर संघ धादिङका जिल्ला सदस्य समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here