उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि, लकडाउनको घोषणा

अन्तरास्ट्रिय खबर । उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको छ। संक्रमण पुष्टि भएसँगै देशभर कडा लकडाउन घोषणा गरिएको छ। देशको सरकारी मिडियाका अनुसार  राजधानी प्योङयाङमा कोरोनाको ओमिक्रोन भेरियन्टको केस फेला परेको छ। यद्यपी कति जना संक्रमित भएका छन् भन्ने जानकारी भने दिइएको छैन।

केसीएनएका अनुसार यो सबैभन्दा ठूलो आपतकाल हो जसले देशको क्वारेन्टाइन नियमहरू अपर्याप्त साबित गरेको छ। भविष्यमा आउन सक्ने समस्याको लागि तयार रहन सकियोस् भनेर किम जोङ विशेषज्ञहरूसँग आकस्मिक बैठक गर्दैछन् ।
उत्तर कोरियाबाट पहिलो पटक कोरोना संक्रमणको खबर आए पनि यो संक्रमण लामो समयदेखि रहेको हुनुपर्ने विज्ञहरुको भनाइ छ।  उत्तर कोरियाले आफ्नो देशमा हालसम्म कोभिड–भ्याक्सिन कार्यक्रम सञ्चालन गरेको छैन। चीनले बनाएको सिनोभाक र रुसले बनाएको एस्ट्राजेनेका भ्याक्सिनको प्रस्तावलाई पनि अस्वीकार गरेको थियो।
उत्तर कोरियाले कोरोना महामारीको प्रारम्भिक चरणदेखि नै आफ्नो सीमाना बन्द गरेको थियो। जसका कारण मुलुकले गम्भीर आर्थिक अवस्था झेल्नुपरेको थियो। नाका बन्द हुँदा खाद्यान्न आपूर्ति बन्द भएको थियो।
महामारीको प्रारम्भिक चरणमा देशमा कोरोनाका धेरै केसहरु रहेकोमा आशंका गरिएको धेरै रिपोर्टहरु आएका थिए। छिमेकी मुलुक दक्षिण कोरिया र चीनमा कोरोनाका बिरामी देखिए पनि उत्तर कोरियामा कसरी संक्रमित देखिएनन् भन्नेमा आश्चर्य व्यक्त गरिएको छ।
यतिबेला चीन फेरि एकपटक बढ्दो कोरोना संक्रमणसँग जुझिरहेको छ। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here