खनियाबाँस १ को वडा अध्यक्षमा युवा नेता नसुन ब. तामाङको उम्मेदवारी

धादिङ । उत्तरी धादिङको खनियाबाँस गाउँपालिका वडा न. १ को वडा अध्यक्षमा नसुन बहादुर तामाङ द्वारा वडा अध्यक्षमा उम्मेदवारी मनोनयन गर्नु भएको छ ।

२०७२ को भुकम्पले प्रभावित जनताहरुलाई विभिन्न माध्यम बाट सहयोग गर्नु भएको तामाङ बिगत लामो समय देखि नेकपा माओवादी केन्द्र आवद्ध भै राजनैतिक तथा सामाजिक कार्यमा क्रियाशिला हुनुहुन्छ । साथै यस्तै किसिमको सामाजिक कार्यको कारण तामाङ खनियाबास १ का आम सर्ब साधारण जनताहरुको मन मुटमा बस्न सफल एक नेताको रुपमा परिचित छन ।

२०७८ सालको गाउँसभाबाट तामाङ खनियाबाँस १ को वडा अध्यक्ष पदमा चयन भएका ऊनी नमूना गाउँ बनाउन निरन्तर लागि परेको र यो पटकको स्थानीय तहको निर्वाचनमा भारी मतले बिजय हुने उनको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here