आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here