आमाबाट धेरै कुराहरु सिकेर आफु आफैमा भताभुङ्ग भएर रहरेै रहरमा आमा कै काखबाट हुर्केको म र मेरो उमेर, कुनै कुराहरु छुट्नु,बित्नु र त्यसलाई सजिलैसँग भत्काउन नसक्नु कैयौं कमिकमजोरीहरु होलान् ।
सायद धेरैलाई यस्तै भईरहेको हुन सक्छ भन्ने खुल्दुली म भित्र पनी रहेको छ।
आमाको काखको यहीँ उमेर यहीँ समय सदासदा रहिरहोस् ।भन्ने मनमा पनी लाग्छ। फेरी संगैं खाएर बसेर अर्को एउटा संसार आमासंग शताब्दीसंग रहुँजस्तो लाग्छ।
आमा मैले बिर्सिएको छैन, पराईको मेला जाँदा तिमिले दिनभरी काम गरेर छोरा भोकै छ भनी, पटुकिमा ल्याईदिएको भटमास र मकै, तिमी मेला जाँदा धान रोप्दा हिलाले खाएको तिम्रो त्यो कोमल पाउ । आमा मैले बिर्सिएको छैन, मैले लगाएको जाँघे, च्यातिँदा ल्वाङे दाईकहाँ गएर तिमिले पछाडी टालो हालेर सिलाएर ल्याईदिएको आमा मैले बिर्सिएको छैन, भुकम्प जाँदा बारीको पाटामा बनाएको जस्ताको टहरो हावाहुरीले भत्काएको ।
मैले बिर्सिएको छैन,आमा म रुदाँ तिमी खोर्या बारिमा मल पुर्याउन जाँदै गर्दा,थुन्सेमाथी मलाई बोकेर लगेको दिन,आमा मैले बिर्सिएको छैन म सिपाहिमा जागिर खान जाँदै गर्दा अघिल्लो दिन तिमिले मेरो गाला मुसार्दै मुई खाएको दिन ,आमा तिमी बेस्सरी रोयौं,तिमिले भनेको मैले नमान्दा को दिन,आमा हिजो मैले जे गल्ती गरेँ माफ गर्नु,!