आज देखि हुने एसईई परीक्षामा पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौ । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन्। प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।
यसअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।
प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ। भौतिक उपस्थितिसहित परीक्षा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here