आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौ । नेपालका केही भूभागमा आगामी तीन दिन मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
 
बुधबार प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ।
 
आज दिउँसो देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।
त्यस्तै बिहीबार र शुक्रबार पनि पहाडी क्षेत्रका केही भागमा सामान्य बदली भए पनि अन्य भू-भागमा मौसम सफा रहने छ। अपरान्ह पछाडि गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 
पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा तथा तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्नआवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here